विद्युतीय गाडीको आयात बढ्यो, एकै महिनामा १४ सय बढी ईभी नेपाल भित्रिए – Nepal Press

विद्युतीय गाडीको आयात बढ्यो, एकै महिनामा १४ सय बढी ईभी नेपाल भित्रिए

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा मात्रै १ हजार ४ सय ४ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।

चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै १ हजार ४०४ वटा विद्युतीय कार, भ्यान र जीपहरु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।

चालू आर्थिक वर्ष २०८१/८२ को बजेट आउनै लाग्दा विद्युतीय सवारी साधनको आयातमा वृद्धि भएको छ । गत चैत महिनासम्म विद्युतीय गाडीहरू सामान्य आयात भइरहेकोमा वैशाखमा भने भने दोब्बरले बढेको हो ।

गत चैत मसान्तसम्म ७ हजार ९३ वटा चारपाङ्ग्रे विद्युतीय गाडीहरू आयात भएका थिए । जहाँ चैत महिनामा मात्रै ६५८ विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

फागुनमा झन् २९१ वटा चार पाङ्ग्रे विद्युतीय गाडी आयात भएका थिए । फागुन र चैत महिनाको आयातलाई हेर्दा वैशाखमा विद्युतीय गाडीको आयात दोब्बरभन्दा बढीले बढेको देखिन्छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको १० महिनामा कुल ८ हजार ४९७ विद्युतीय कार, भ्यान र जिप आयात भएका छन् ।

वैशाख महिनासम्म २१ अर्ब ८ करोड ८० लाख ३९ हजार रुपैयाँ बराबरका विद्युतीय गाडी आयात भएका हुन् । जसमा ५० किलोवाट सम्मका ३ हजार ४७२ वटा कार, भ्यान र जिप आयात भएका छन् ।

त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट सम्मका ४ हजार ९६ वटा, १०१ किलोवाटदेखि २०० किलोवाट सम्मका १०५ वटा र २०१ किलोवाट देखि ३०० किलोवाटसम्मका ६ वटा विद्युतीय कार, भ्यान र जिप आयात भएका छन् ।

विद्युतीय गाडीको आयात बापत सरकारले ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर