मलेसियाली गृहमन्त्री भन्छन्ः विदेशी कामदारको आवेदन बन्द जारी छ,नेपालको वैदेशिक रोजगारी प्रभावित – Nepal Press

मलेसियाली गृहमन्त्री भन्छन्ः विदेशी कामदारको आवेदन बन्द जारी छ,नेपालको वैदेशिक रोजगारी प्रभावित

काठमाडौंं । मलेसियाले विदेशी कामदार लिनको लागि आवेदन बन्द जारी हुने बताएको छ । मलेसियाका गृहमन्त्री दातुक सेरी साफुदिन नासुतिओन इस्माइलले यस्तो बताएका हुन् ।

गृहमन्त्री इस्माइलका अनुसार मलेसियाको १ करोड ७१ लाख जनशक्तिको १५ प्रतिसत ननाध्ने गरि विदेशी नामदारहरु ल्याउन बन्द गरिएको उनले सोमबारको पत्रकार सम्मेलनमा बताएका छन् । क्लिस्सक्लिनर डटकमका अनुसार गृहमन्त्रीले पत्रकार सम्मेलनमा अहिले लागू भएको विदेशी कामदारको आवेदन नलिने भन्ने कुरा जारी हुने बताएका हुन् ।

उनले अर्थ मन्त्रालयको तथ्यांक तथा मानव संशाधन मन्त्रालयको सहमतिमा यस्तो गरिएको बताए । सन २०२३ मार्चबाट विदेशी कामदार लिन मलेसियाले बन्द गरेको हो । मलेसियाले विदेशी कामदारको लागि तोकेको कोटा पुरा यहि डिसेम्बरमा पुरा हुने बताइएको छ । नेपाली कामदारहरुको ठूलो श्रम गन्तव्य मलेसियामा कामदारको नयाँ आवेदन बन्द हुँदा प्रत्यक्ष असर हुने सो क्षेत्रका जानकारहरुको सार्वजनिक रुपमा भन्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर