वाह ! ग्रेट ब्यारियर रिफ (फाेटाे फिचर) – Nepal Press

वाह ! ग्रेट ब्यारियर रिफ (फाेटाे फिचर)

जीवन यात्रा हो । प्राप्त अवसरहरुलाई सेमेट्दै देशदेखि परदेशसम्मका भूमि विचरण गर्न पाउनु गर्वको कुरा हो । जसमा पनि रोचक र ऐतिहासिक क्षेत्रको भ्रमणले मनलाई आनन्दित त तुल्याउँछन् नै साथै आत्मिक सन्तुष्टि पनि मिल्दोरहेछ ।

यसै क्रममा अष्ट्रेलियाको एक यस्तो ठाउँमा केही समय व्यतीत गर्ने स्वर्णिम अवसर प्राप्त भयो जसको ख्याति विश्वव्यापी छ ।
मातृभूमिसँग केही समयका लागि बिदा माग्दै अष्ट्रेलिया पुगेपछि हाम्रो समूह क्वीन्सल्याण्डतर्फ लाग्यौं । जहाँ रहेको ग्रेट ब्यारियर रिफमा टहल्ने योजनाअनुसार अघि बढेको हाम्रो यात्रा शब्दातीत रोचक र मनोरम रहन पुग्यो ।

ग्रेट ब्यारियर रिफ पृथ्वीको सबैभन्दा ठूलो कोरल चट्टान प्रणाली हो । दुई हजार ९०० भन्दा ज्यादा चट्टान, ९ सय टापुहरु र बालुवा निर्मित चट्टानले नै ‘ग्रेट ब्यारियर रिफ’ निर्माण भएको छ । ब्यारियर रिफले तीन लाख ४४ हजार ४०० वर्ग किलोमिटर क्षेत्र आगेटेको छ । सोही कारण यसलाई अन्तरिक्षबाट समेत देख्न सकिने बताइन्छ । अष्ट्रेलियामा अवस्थित यो ब्यारियर रिफलाई विश्वकै सुन्दर तथा बहुमूल्य प्राकृतिक सौन्दर्य बोकेको तथा जीवित वस्तुले उत्पादन गरेको सबैभन्दा ठूलो एकल संरचना हो ।

विश्वकै सातौं प्राकृतिक आश्चर्य रहेको मध्येको ब्यारियर रिफको भौतिक अवलोकन गर्न पाउँदा जो कोहीलाई पनि सुखद अनुभूति नहुने कुरै भएन । त्यही अनुभूति बटुल्नेमा यो पंक्तिकार सँगै श्रीमती सुशीला आचार्य, बहिनी श्रीबल्ली नेपाल, अमेरिकाबाट अष्ट्रेलिया आइपुगेको छोरा सुमन आचार्य, अष्ट्रेलियामै रहेका छोरीहरु सुरुची आचार्य र सुदृष्टि आचार्य, भान्जा सुबोध नेपाल, भान्जी सरु र भतिज प्रवेश आचार्य थियौं ।

सुन्दर उक्त समुन्द्री टापुमा करोडौं ससाना जीवहरु पाइने रहेछ । जसलाई कोरल पोलीप भनेर चिनिने रहेछ । जसले विविध जीवनको अचम्म लाग्दो श्रृंखलालाई समर्थन गर्दछ । जुन टापु विश्वकै सात प्राकृतिक आश्चर्यमध्येको एक रहेकैले विश्व सम्पदा सूचीमा सूचीकृत पनि रहेको छ । उक्त संरचना विश्वकै सबैभन्दा ठूलो कोरल चट्टान प्रणाली र ग्रहमा सबैभन्दा ठूलो जीवित संरचना पनि हो ।

ग्रेट ब्यारियर रिफमा शार्कका १३४ प्रजाति समेत पाइने बताइन्छ । त्यहाँ माछा मार्ने उद्योगसँग मिलेर पर्यटनले वार्षिक लगभग ६ बिलियन लगानी गर्ने बताइन्छ । उक्त रिफमा करिब ६९ हजार अष्ट्रेलीयालीलाई रोजगार प्रदान गर्ने बताइन्छ ।

अष्ट्रेलियाको क्वीन्सल्याण्डमा पर्ने ब्यारियर रिफ स्कुभा डाइभ र स्नोरकिलिङ लगायत साहसिक समुन्द्रीय खेलका लागि समेत विश्वभरका पर्यटक पुग्ने गन्तव्य मानिन्छ । अष्ट्रेलिया पुग्ने जो कोही पनि पर्यटकका लागि एकपटक पुग्नैपर्ने गन्तव्य हो, ग्रेट ब्यारियर रिफ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर