एक्सका भेरीफाईड सस्क्राइबरले ग्रोक एआई च्याटबटमा नि:शुल्क पहुँच पाउने – Nepal Press

एक्सका भेरीफाईड सस्क्राइबरले ग्रोक एआई च्याटबटमा नि:शुल्क पहुँच पाउने

काठमाडौं । एलन मस्कले एक्स(साविको ट्विटर) का भेरीफाईड सस्क्राइबरहरुले नि:शुल्क रुपमा प्रिमियम र प्रिमियम प्लस फिचर प्रयोग गर्न पाउने भएका छन् ।

टेस्ला कम्पनीका संस्थापक तथा एक्सका मालिक एलन मस्कले आफ्नो एक्समाफर्त २ हजार ५०० भेरीफाइड सस्क्राइबर फलोवर्सहरुले एक्सको प्रिमियम फिचर र ५ हजारले प्रिमियम प्लस फिचर नि:शुल्क पाउने घोषणा गरेका हुन् ।

प्रिमियम प्याकेज प्रयोगकर्ताहरुले आफुले गरेको ट्वीट अथवा पोष्टलाई इडिट गर्ने सुविधान पाउँछन् । त्यस्तै, प्रिमियम प्याकेजमा ‘ब्लग पेस्टस, एक्सपोजर रड्यिुस गर्ने सुविधा पाउँछन् ।

प्रिमियम प्रयोगकर्ताहरुले नि:शुल्क ‘ग्रोक एआई’ को ‘च्याटबट’मा पहुँच समेत पाउने ‘विजनेश टुडे’ ले उल्लेख गरेको छ । यद्यपी एलन मस्कले यसबारे कुनै जानकारी दिएका छैनन् । ग्रोक एआई ‘च्याटबट’ गत वर्षको नोबेम्बरमा सञ्चालनमा ल्याइएको थियो । मासिक १ हजार ३०० र वार्षिक १३ हजार ६०० पर्ने ग्रोक एआई च्याटबटमा अब सबै प्रिमियम प्रयोगकर्ताहरुको पहुँच हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर