रविलाई अर्जुननरसिंहको चुनौती- कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको प्रमाण भए देखाउनुस् – Nepal Press

रविलाई अर्जुननरसिंहको चुनौती- कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको प्रमाण भए देखाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको प्रमाण देखाउन चुनौती दिएका छन्।

कांग्रेस नुवाकोट-काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्दै कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको जिकिर गरे।

उनले भने,‘अहिले नयाँ पार्टी आएर हामी डराउनुपर्ने आवश्यक छैन। म त चाहन्थे नयाँ पार्टीहरू राम्रा हुन् त्यसले हामीहरुलाई पनि काम गर्न बाध्य बनाउन् तर उहाँहरू त भ्रष्टाचार भ्रमको कुरा गरिरहेका छन्। तागत भए कुन नेताले प्रधानमन्त्रीको अफर गर्‍यो त्यो देखाउनुस्, मैले बुझेसम्म हामीले कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौं। त्यसैले भ्रम र झुटका कुराहरू गरेर त्यो भ्रममा पर्न आवश्यक छैन।’

कांग्रेस खहरे भेल नभएको उल्लेख गर्दै सबै कम्युनिष्टहरू मिल्दा त केही गर्न नसकेको कांग्रेसलाई नयाँ दलको भ्रमबाट केही नहुने बताए। उनले कांग्रेसलाई आफैंभित्रकाबाट डर भएकाले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर