वेष्ट इन्डिज ‘ए’ राम्रो सुरुआत, पावर प्लेमा बनायो ७७ रन – Nepal Press

वेष्ट इन्डिज ‘ए’ राम्रो सुरुआत, पावर प्लेमा बनायो ७७ रन

काठमाडौं । नेपालविरुद्ध वेष्ट इन्डिज ‘ए’ ले राम्रो सुरुआत गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले पहिलो पावर प्लेको खेल सकिँदा २ विकेट गुमाएर ७७ रन जोडेको छ ।

वेष्ट इन्डिज ‘ए’ का अलिक अथान्जेले २३ बलमा ४६ रन र कप्तान रोस्टन चेज ७ बलमा १३ रन बनाएर खेलिराखेका छन् । जोन्सन चाल्र्स शुन्य र आन्द्रे फ्लेचर १३ रनमा रन आउट भए । बलिङमा नेपालका कमलसिंह ऐरीले एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर