गलत व्यक्तिलाई ‘इमेल’ गयो ? यसरी जोगिनुस् – Nepal Press

गलत व्यक्तिलाई ‘इमेल’ गयो ? यसरी जोगिनुस्

काठमाडौं । कहिलेकाहीं एउटालाई पठाउनुपर्ने इमेल अर्कै व्यक्तिलाई जान्छ । त्यतिबेला अधिकांश गलत व्यक्तिलाई इमेल गयो भनेर पछुताउँछन् । यस्तो भए के गर्ने भन्ने अधिकांशलाई थाहा हुँदैन ।

सामान्यतया धरैलाई मेल पठाउँदा कहिलेकाहीं त्रुटिबस अर्कै व्यक्तिलाई सेन्ड हुनसक्छ । प्रायः अफिसियल काम गर्दा यस्तो समस्या हुँदा धेरैले गुगलमा गएर सर्च गर्ने गर्छन् । त्यो पनि एउटा उपाय हुनसक्छ । तर, यसरी धेरै पटक अर्कै व्यक्तिलाई मेल सेन्ड हुनबाट बच्न केही सेटिङ मिलाउनुपर्ने हुन्छ ।

व्यक्तिगत वा अफिसियल रुपमा गलत व्यक्तिलाई मेल गयो भने ५ सेकेन्डभित्र केन्सिल गर्न सकिन्छ । यो सामान्य र सबैलाई थाहा भएको कुरा हो । तर, केन्सिल गर्न मिल्ने ५ सेकेन्डलाई बढाउने हो भने केही राहत मिल्नसक्छ । गुगल मेल सेवा जिमेलको ‘अनडू सेन्ड’ को समयावधि बढाएर पठाइएको इमेल पनि केन्सिल गर्न सकिन्छ ।

यसरी बढाउनुहोस् ‘अनडू सेन्ड’ टाइम

इमेल सेन्ड गर्दा केही सेकेन्डसम्म ‘केन्सिल’ गर्न मिल्ने विकल्पलाई बढाउन सकिन्छ । यसका लागि जिमेलमा रहेको सेटिङ मिलाउनुपर्छ ।

जिमेलको सेटिङभित्र गएर ‘जनरल सेटिङस्’ अथवा ‘सी अल सेटिङस्’ अप्सनमा जानुपर्छ ।

सेटिङभित्र रहेका अप्सनहरुमा ‘अनडु सेन्ड’ मा ‘सेन्ड केन्सिलेसन पिरियड’ लाई ५ बाट ३० सेकेन्डसम्म बनाइन सकिन्छ । यस सेटिङबाट गलत ब्यक्तिलाई पठाइएको जिमेल ३० सेकेन्डभित्र केन्सिल गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर