सिन्धुपाल्चोकका पत्रकारितामा स्नातकोत्तर गर्ने १० पत्रकार सम्मानित – Nepal Press

सिन्धुपाल्चोकका पत्रकारितामा स्नातकोत्तर गर्ने १० पत्रकार सम्मानित

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले पत्रकारिता विषय लिएर स्नातकोत्तर उत्तीर्ण शाखाका १० जना पत्रकारलाई सम्मान गरेको छ ।

शाखाको २९औं साधारणसभा तथा १२ औं अधिवेशनको अवसरमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तह पूरा गरी निरन्तर पत्रकारिता पेशामा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाल पे्रसकर्मी दिनेश थापा, ऋषिराम पौडेल, ध्रुव दंगाल, डम्बर रसिक भारती, दुर्गा आचार्य, शर्मिला ठकुरी, उद्धव थापा, सीताराम कोइराला, कला अनुरागी र नेत्र तामाङ रहेका छन् ।

प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद माधव सापकोटा र बागमती प्रदेशका भौतिक योजना तथा विकासमन्त्री युवराज दुलालले पत्रकारहरुलाई सम्मान गरेका थिए ।

त्यस्तै पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत तीन पत्रकारलाई पनि छात्रवृत्तिस्वरुप जनही ३० हजार रुपैयाँ उपलब्ध गराइएको छ । छात्रवृत्ति पाउने शाखा सदस्यहरुमा सुन्दर शिरीष, कमला पाख्रिन र विजय नेपाल रहेका छन् ।

कार्यक्रममा पत्रकार महासंघको संस्थागत विकासमा सबैभन्दा बढी सहयोग गर्ने जिल्लास्थित १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटालाई सम्मान गरिएको थियो ।

पत्रकार महासंघ केन्द्रको निर्देशनअनुसार बागमती प्रदेशका १० जिल्लामध्ये सिन्धुपाल्चोकले पहिलो पटक अधिवेशनको प्रक्रिया सुरु गरेको छ । पत्रकार महासंघ केन्द्रीय समितिकी सचिव सिर्जना अर्यालले अन्य जिल्लाहरुले पनि छिटो अधिवेशनको प्रक्रिया सुरु गरेर निर्धारित मितिभित्रै केन्द्रीय अधिवेशनको प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिइन् ।

अधिवेशनको प्रक्रिया सम्पन्न भएको र अब केन्द्रले मिति निर्धारण गर्नासाथ निर्वाचन प्रक्रिया सुरु गरिने शाखा अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर