सरकारले पदक विजेता खेलाडीलाई ३ करोड रुपैयाँ पुरस्कार प्रदान गर्ने – Nepal Press

सरकारले पदक विजेता खेलाडीलाई ३ करोड रुपैयाँ पुरस्कार प्रदान गर्ने

काठमाडौं । नेपाल सरकारले विभिन्न प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले १९ औं एसियाली खेलकुद, चौथो एसियाली पारा खेलकुद र आईसीसी पुरुष टी–२० वर्ल्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टीमका पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस निर्णय राष्ट्रिय खेलकुद परिषदले स्वागत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *