उमेश जोशी र भिम ढकाललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय – Nepal Press

उमेश जोशी र भिम ढकाललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

ढकाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । उनी प्रहरी प्रवक्ताको जिम्मेवारीमा पनि छन् ।

यस्तै जोशी भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकको भूमिकामा छन् ।

वैशाख चार गते बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा जोशी र दोस्रो नम्बरमा ढकाललाई बढुवाका लागि सिफारिस गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *