नवीकरणको शुल्क बुझाएपछि नेपाल टेलिकमलाई अनुमति दिन प्राधिकरणलाई सरकारको निर्देशन – Nepal Press

नवीकरणको शुल्क बुझाएपछि नेपाल टेलिकमलाई अनुमति दिन प्राधिकरणलाई सरकारको निर्देशन

काठमाडौं । नेपाल टेलिकमले नवीकरणको सम्पूर्ण भुक्तानी बुझाएपछि सरकारले नयाँ अनुमपति पत्र प्रदान गर्न निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले टेलिकमलाई नयाँ अनुमति प्रदान गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

दूरसञ्चार ऐनको दफा २० बमोजिम सरकारले प्राधिकरणलाई निर्देशन दिएको जनाइएको छ ।

टेलिकमको लाइसेन्सको २५ वर्षे अवधि सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले यस्तो निर्देशन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको अवधि एक वर्ष थप्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेकी थिइन् ।

नेपाल टेलिकम (Nepal Telecom)ले २०५६ वैसाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको अनुमति पत्र लिएको थियो । जसको अवधि शुक्रबारसम्म रहेको छ । दूरसञ्चार ऐन २०५३ को दफा २५ अनुसार टेलिकमकाले अवधि वैशाख २८ मा सकिँदैछ ।

टेलिकमले नवीकरणका लागि बुझाउन बाँकी रहेको १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ नियामक प्राधिकरणको खातामा एकमुष्ट जम्मा गरिदिएपछि अनुमतिका लागि सरकारले निर्देशन दिएको हो ।

यो पनि पढ्रनुस्ः तेस्रो नवीकरणवापत नेपाल टेलिकमले बुझायो एकमुष्ट २० अर्ब


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *