जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित – Nepal Press

जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका बारेमा टुङ्गो लगाउन कार्यदलले पेश गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका परिमार्जनसहित पारित गरेको हो ।

जसपा प्रवक्ता मनिष सुमनले विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत संघसङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने बताए । प्रत्येक निर्वाचन क्षेत्रबाट २०० सदस्य बराबर एक प्रतिनिधि हुने गरी निर्देशिका पारित गरिएको उनले जानकारी दिए ।

उनले जसपाको पहिलो महाधिवेशनले ७० प्रतिशत केन्द्रीय पदाधिकारी खुला प्रतिपर्धाबाट र ३० प्रतिशत समावेशी प्रतिस्पर्धाबाट चयन गर्ने बताए ।

जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर