पर्यटक सवारी साधनको पहिचान हुने नमुना चिन्ह व्यवस्था गर्न माग – Nepal Press

पर्यटक सवारी साधनको पहिचान हुने नमुना चिन्ह व्यवस्था गर्न माग

काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघले सरकारसँग पर्यटक सवारीसाधनहरू पहिचान हुने नमुना चिन्हको व्यवस्था गर्न माग गरेको छ। संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई ज्ञापन पत्र बुझाउँदै पर्यटक सवारीसाधनलाई पर्यटक सवारीहरुको गुणस्तर र सुरक्षित गुडविल पनि लोप हुन सक्ने भएकाले पहिचान गर्न सम्भव भएसम्म पर्यटक एम्बोस् नम्बर प्लेट व्यवस्था गरिदिन माग गरेको हो।

पर्यटक सवारी साधन सञ्चालन गर्ने कम्पनिको नाममा दर्ता रही सञ्चालनमा रहेका रातो प्लेटका सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कारवाहीको दायरामा ल्याएकाले व्यवसायीहरु मारमा परेको बताएको संघका अध्यक्ष बेदराज बास्तोलले बताए।

ट्राभल तथा ट्रेकिङ कम्पनीले सवारी साधनहरु समेत भाडामा दिने कार्य गरेकाले त्यस्ता कार्यलाई नियन्त्रण गरिदिन बास्तोलाले आग्रह गरेका छन्। उनले थपे, सवारी साधनहरु भाडामा लिने दिने कार्य गर्न हो भने पर्यटन यातायात व्यवसाय संचालन गर्न तोकिएको क्राईरेटिया पुरा गरी पर्यटन कार्यालयबाट ईजाजत पत्र लिएर मात्र व्यवसाय गर्न दिनुपर्छ।’

नेपाल पर्यटक यातायात व्यवसायी संघ नेपाल भित्र छरिएर रहेका पर्यटक यातायात सवारी साधन सञ्चालनको ईजाजत लिई सञ्चालित व्यवसायी कम्पनीको छाता संस्था हो। यस संस्था अन्तर्गत करिव २५० वटा व्यवसायीक कम्पनीहरू छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर