राइटपाथले ग्राण्ड एजुकेसन कन्क्लेभ गर्दै – Nepal Press

राइटपाथले ग्राण्ड एजुकेसन कन्क्लेभ गर्दै

काठमाडौं । राजधानीस्थित पुतलीसडकमा रहेकाे शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले यही मे ११ देखि २१ सम्म (वैशाख २९ देखि जेठ ८ गतेससम्म) ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो ।

विगतका वर्षहरुमा पनि सोही संस्थाले यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्दै आएको छ । अहिले सुरु हुन लागेको कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य शहरहरुमा सम्पन्न हुनेछ ।

वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ तथा ८ गते ललितपूरमा सम्पन्न हुने तालिका रहेको छ ।

कन्क्लेभ लक्षित अफरहरु

एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरुको पनि व्यवस्था गरिएको छ ।

त्यस्तै, यूएस लक्षित २५ हजारसम्मको स्कलरसीप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपौयाँमै गर्न सकिने व्यवस्था गरिएको छ ।

२० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुलाई विद्यार्थीहरुले एकै छानामुनी भेट्न सक्नेछन् ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने, ‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउँन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उदेश्य हो । विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्दत पुर्याउँछ ।’

उनले विद्यार्थीहरुलाई परिक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परिक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुने बताएका छन् ।

त्यस्तै, वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *