मन्त्रिपरिषदमा रविको प्रस्ताव- सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं – Nepal Press

मन्त्रिपरिषदमा रविको प्रस्ताव- सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई न्याय दिनुपर्ने प्रस्ताव मन्त्रीपरिषद बैठकमा राखेका छन् । फरार रहेका सहकारी सञ्चालकका सम्पत्ति र तिनले आफन्तका नाममा राखेका सम्पत्तिसमेत खोजेर तत्काल रोक्का गरी लिलाम गर्नुपर्ने उनको अडान छ ।

आजको मन्त्रिपरिषद वैठकमा लामिछानले आफू विभागीय मन्त्री नभए पनि क्याबिनेट सदस्यका रुपमा प्रस्ताव राखेको बताए ।

उनले लिखितरुपमा राखेको प्रस्तावमा भनिएको छ, ‘…यथाशीघ्र सम्पत्ति लिलाम गरेर गरिबको पैसा तिर्न सुरु गर्ने व्यवस्था मिलाउन जरुरी छ । तिर्न चाहने असल नियत भएकाहरुलाई नियन्त्रणमा राखेर आफैं हरहिसाब मिलाउने अवसर दिने व्यवस्था गर्न सकिन्छ । त्यसका लागि केही निर्णय गरौं । आजै आजैबाट अध्यादेश ड्राफ्ट गर्ने निर्णय गरौं ।’

 


प्रतिक्रिया

3 thoughts on “मन्त्रिपरिषदमा रविको प्रस्ताव- सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं

  1. काङ्ग्रेस र नियत खराब भएकाले रवि सरलाई गलत आरोप लगाए पनि आम नागरिकलाई थाहा छ, अबको आशा भनकै रवि र रास्वपा हुन!

    1. संचालक हैन, बिना प्रयोजन र बिना धितो ऋण दिने ब्यक्तिहरु चाहे त्यो संचालक होस, चाहे कर्मचारी होस, चाहे ऋण लिने ब्यक्ति होस, सबैको जायजेथा बिक्री गरेर Depositer हरुको पैसा फिर्ता गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *