भरतपुरमा अब दुर्लभ पाटे बाघ सहजै हेर्न पाइने (भिडिओ) – Nepal Press

भरतपुरमा अब दुर्लभ पाटे बाघ सहजै हेर्न पाइने (भिडिओ)

चितवन । भरतपुरमा दुर्लभ मानिएको पाटे बाघ सहजै देख्न पाइने भएको छ ।

बुधबारदेखि भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा पाटे बाघ नजिकैबाट देख्न पाइने गरी व्यवस्थापन गरिएको हो । केन्द्रको परिसरमा रहेका मचानबाट हेर्न मिल्ने गरी २ वटा पाटे बाघलाई राखिएको छ । भरतपुर भ्रमण वर्षको अवसर पारेर महानगरले नयाँ गन्तव्यका रूपमा दियालो बंगला र उद्धार केन्द्र सर्वसाधारणका लागि खुला गरेको हो ।

वन्यजन्तु उद्धार केन्द्रको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरिन् । भरतपुरको पर्यटनलाई दिगो बनाउन केन्द्रले सहयोग पुर्‍याउने उनले विश्वास जनाइन् ।

चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले समस्याग्रस्त भनेर उद्धार गरिएका दुईवटा बाघलाई केन्द्रमा राखिएको बताए । ती बाघ बाँके राष्ट्रिय निकुञ्ज र चितवनको बेसहर मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको थियो ।

हाल ८ वर्षको भाले बाघलाई बाँकेको राप्तीपीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिएर चितवन ल्याइएको थियो । अर्को भाले बाघलाई २०७७ असोज १२ गते नियन्त्रणमा लिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर