नेपालको खराब सुरुआत – Nepal Press

नेपालको खराब सुरुआत

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको दोस्रो खेलमा नेपालले खराब सुरुआत गरेको छ । वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो पावर प्लेमा महत्वपूर्ण ४ विकेट गुमाएको छ ।

नेपालले ओपनर लोकेश बम, कुशल भुर्तेल, अनिलकुमार शाह र कुशल मल्ललाई गुमाएको हो । लोकेश १७, कुशल भुर्तेल २, अनिल एक र कुशल मल्ल शून्य रनमा आउट भए । अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा छन् । नेपालले ६ ओभर ४ बलमा ४ विकेट गुमाएर ४९ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *