दिल्लीका कप्तान ऋषभ पन्तले आरसीबीविरुद्धको खेल गुमाउने – Nepal Press

दिल्लीका कप्तान ऋषभ पन्तले आरसीबीविरुद्धको खेल गुमाउने

काठमाडौं । इन्डियन प्रीमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले रोयल च्यालेन्ज बैंग्लोर (आरसीबी)विरुद्धको खेल गुमाउने भएका छन् ।

पन्तले स्लो ओभर रेट (निर्धारित समयभन्दा बलिङ ढिलो गरेपछि) का कारण आइतबार हुने आरसीबीविरुद्धको खेल गुमाउने भएका हुन् ।

यो सिजनमा तेस्रो स्लो ओभर रेटपछि पन्तलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एक खेलको निलम्बन गरेको हो । साथै उनलाई ३० लाख भारतीय रुपैयाँ जरिवानासमेत गराइएको छ ।

ऋषभले राजस्थान रोयल्सविरुद्धको खेलमा स्लो ओभर गरेका थिए । यसअघि चेन्नई सुपर किंग्सविरुद्ध र कोलकाता नाइट राइडर्सविरुद्ध पनि स्लो ओभर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर