लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई ब्रेन स्टप, मेडिसिटीमा उपचार हुँदै – Nepal Press

लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई ब्रेन स्टप, मेडिसिटीमा उपचार हुँदै

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई ब्रेन स्टप भएपछि उपचारका लागि काठमाडाैंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

वैशाख १३ गते बिहीबार साँझदेखि बिरामी परेका शेरचनको ललितपुर भैंसेपाटीस्थित मेडिसीडी उपचार भइरहेको र अहिले खतरामुक्त रहेको प्रमुख प्रमुख स्वकीय सचिव नारायणप्रसाद आचार्यले जानकारी दिएका छन् ।

शेरचनको देब्रे हात नचल्ने भएको छ । उनलाई आईसीयुबाट अहिले क्याबिनमा सारिएको छ । चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमा राख्नुपर्ने भएको छ ।

८२ वर्ष शेरचन ३२ महिना पहिले लुम्बिनी प्रदेशको प्रमुखको जिम्मेवारीमा आएका हुन् । उनी बिरामी हुने समयमा काठमाण्डौमै रहेको उनको सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *