जापानी संस्थाको सहयोगमा सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा सामुदायिक भवन निर्माण – Nepal Press

जापानी संस्थाको सहयोगमा सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा सामुदायिक भवन निर्माण

काठमाडौं । सिन्धुपाल्चोकको इन्दावति गाउँपालिकामा सामुदायिक भवन निर्माण गरिएको छ ।

जापानी नागरिकहरूको आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर १० स्थित स्थानीय बुढीचौरमा सामुदायिक भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि लाल्टीन  फाउन्डेसनले जमिन उपलब्ध गराएको थियो ।

पालिकामा रहेको १२ वटा वडाका समुदायले प्रयोग गर्नेगरी जापानी संस्था‘ज्याफ्स’ ले भवन निर्माण गरेको लाल्टीन फाउण्डेशनका अध्यक्ष तथा स्थानीय पत्रकार समेत रहेका प्रेस काउन्सिलका पूर्व सदस्य सुदर्शन आचार्यले जानकारी दिए ।

उक्त भवनमा  फाउण्डेशनले रेडियो संचालन तथा सिन्धुको समग्र जातजाती संग्रहालयका लागि प्रयोग गरिने उनले बताए ।

करिब एक करोडको लागतमा निर्माण भएको उक्त भवनको जापानी राजदूत कीकुता यूताले उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *