पाटनमा रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु – Nepal Press

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु

काठमाडौं । काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिने ललितपुरको रातो मत्स्येन्द्रनाथको रथ शनिबार तान्न शुरु गरिएको छ ।

ललितपुरको पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित तानेर गःबहाल पुर्‍याइएको छ । वैशाख १२ गते शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्‍याएर भोटो देखाइ जात्रा अन्त्य गर्ने प्रचलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर