अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप – Nepal Press

अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप

काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, अखिल नेपाल खेलकुद महासंघ अन्तर्गत संघको गठन गरिएको हो । राजधानीमा शुक्राबार सम्पन्न भेलाले पाण्डेको अध्यक्षतामा ४३ सदस्यीय संघ गठन गरेको हो ।

महासचिव बेनुप खत्रीको अनुसार संघको अध्यक्षमा तिलक पाण्डे, उपाध्यक्षमा रुद्र थिङ र गीता शाही, सचिवमा किशोर भट्ट र कोषाध्यक्षमा प्रकाश ढकाल चयन भएका छन् ।

केन्द्रीय सदस्यमा ४ जनालाई पछि चयन गरिने उनले जानकारी दिए । ब्याडमिन्टन खेलमा योगदान पुर्‍याएका एक जनालाई पूर्ण बैठकले उपमहासचिव बनाउने महासचिव खत्रीले जानकारी दिए ।

यसैगरी भेलाले प्रदेश संयोजकहरू पनि तोकेको छ । जसअनुसार कोशीमा प्रकाश राई, मधेशमा विष्णु यादव, बागमतीमा रविन बस्नेत, गण्डकीमा उमेश भण्डारी, लुम्बिनीमा तिरबहादुर रोका ‘डार्विन’ र सुदूरपश्चिममा जीवन खड्काले प्रदेश संयोजकको जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेशको संयोजक भने पछि तोकिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *