नेपालले गुमायो पाँचौं विकेट, गुल्सन आउट – Nepal Press

नेपालले गुमायो पाँचौं विकेट, गुल्सन आउट

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको दोस्रो खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ ।

वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले ६१ रन जोड्दा ५ विकेट गुमाएको हो । नवौं ओभरको दोस्रो बलमा गुल्सन ११ बलमा २६ रन बनाएर आउट भए ।

यसअघि लोकेश बम १७, कुशल भुर्तेल २, अनिलकुमार शाह एक र कुशल मल्ल शुन्य रनमा आउट भए । अहिले क्रिजमा कप्तान रोहित पौडेल र आरिफ शेख छन् । नेपालले ९ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ६७ रन जोडेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *