एक घण्टा बढीदेखि शंखमुलनजिकै आगलागी (भिडिओ) – Nepal Press

एक घण्टा बढीदेखि शंखमुलनजिकै आगलागी (भिडिओ)

काठमाडौं । शंखमुल नजिकै बागमती दोभानमा आगलागी भएको छ । एक ग्यारेजबाट सल्किएको आगो अरु पसल र घरमा फैलिएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार आगो लागेको झण्डै एक घण्टापछि ललितपुरको दमकल पुगेको थियो । अहिले काठमाडौं महानगरको पनि दमकल आइपुगेको छ । छेउछाउका मोटरसाइकल वर्कसप, पान पसल, माछा पसल, तरकारी पसल र  टहरा पनि जलेको छ ।

आगो निभाउने प्रयास जारी छ ।

आगलागीको कारण थाहा भइनसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर