अब ह्वाट्सएपबाट स्टयान्डर्ड र एचडी क्वालिटीमा पठाउनुहोस् फोटो र भिडियो – Nepal Press

अब ह्वाट्सएपबाट स्टयान्डर्ड र एचडी क्वालिटीमा पठाउनुहोस् फोटो र भिडियो

काठमाडौं । अब ह्वाट्सएपमा स्टयान्डर्ड र एचडी क्वालिटीमा फोटो तथा भिडियो पठाउन मिल्ने भएको छ । ह्वाट्एप प्रयोगकर्ताहरूले मिडिया अर्थात् फोटो र भिडियो पठाउँदा ‘स्टयार्डड क्वालिटी’ र ‘एचडी क्वालिटी’ मा पठाउन मिल्ने भएको हो ।

ह्वाट्सएपको सेटिङमा गएर प्रयोगकर्ताले आफूले चाहेको क्वालिटीमा फोटो तथा भिडियो पठाउन सक्नेछन् । प्रयोगकर्ताले स्टयाडर्ड क्वालिटी सेलेक्ट अर्थात् छनोट गरी पठाउँदा फोटो तथा भिडियो छिटो र अलिक सानो साइजमा सेन्ड हुनेछन् ।

भने, हाई–क्वालिटी अर्थात् एचडी क्वालिटीमा फोटो तथा भिडियो पठाउँदा स्पष्ट र अलिक समय लाग्नेछन् । तर, हाई क्वालिटीमा पठाइएका फोटो तथा भिडियोको क्वालिटी वास्तविक भने नहुने जनाइएको छ । वास्तविक क्वालिटीका लागि ह्वाट्सएपमा ‘डकुमेन्टस’ अपसन रहेको छ ।

स्टयान्डर्ड र एचडी क्वालिटी ह्वाट्सएपको नयाँ अपडेटमा उपलब्ध रहेको जनाइएको छ । भने, एन्ड्रोइड, आईओएस, वेब/डेक्स्टप र विन्डोजमा उपलब्ध रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर