एनसेल प्रयोगकर्तालाई इण्डिया रोमिङ् प्याकमा २५ प्रतिशत छुट – Nepal Press

एनसेल प्रयोगकर्तालाई इण्डिया रोमिङ् प्याकमा २५ प्रतिशत छुट

काठमाडौं । एनसेलले फागु पुर्णिमा अर्थात होली पर्वको अवसरमा इण्डिया रोमिङ् प्याकमा २५ प्रतिशत छुट होली अफर ल्याएको छ । एनसेलले चैत ९ बाट सुरु गरेको छुट अफर ग्राहकले करसहित १०० रुपैयाँ पर्ने इण्डिया रोमिङ् प्याकलाई ७५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् ।

कम्पनीका अनुसार प्याक सुचारु गरेपछि प्रतिदिन २५ रुपैयाँका दरले ३ दिनसम्म रोमिङ् सेवाको पहुँचबाट फाइदा लिन सकिन्छ । भने, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा, भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट पाउँनेछन् ।

प्याकमा इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट रहेको छ । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित ६.३४ रुपैयाँमा एसएमएस पठाउन सकिने जनाइएको छ ।

एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहने यो प्याक ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिएर होली अफरको छुटबाट फाइदा लिनसक्नेछन् ।

ग्राहकहरुले ‘एष्ट्रिक्स १७१२९एष्ट्रिक्स ५ह्यास’ डायल गरि यो प्याक लिन सक्नेछन् । भने, एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि सुचारु गर्न सकिन्छ ।

छुट अफरसँगै एनसेलले विशेष सन्देशमूलक भिडियो पनि सार्वजनिक गरेको छ । भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधिको प्रयोगमार्फत कसरी बुवाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ । सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर