ओलीलक्षित माधव नेपालको टिप्पणी- आफूलाई सर्वेसर्वा ठान्दा ०७४ को अवसर गुमायौं (भिडिओ) – Nepal Press

ओलीलक्षित माधव नेपालको टिप्पणी- आफूलाई सर्वेसर्वा ठान्दा ०७४ को अवसर गुमायौं (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले सीमा नाघेपछि तत्कालिन नेकपा जोगाउन नसकेको बताएका छन्।

पार्टीको मकवानपुर जिल्ला अधिवेशन ०७४ मा इतिहासमा कहिलेकहिले मात्रै पाउने अवसर पाउँदा पनि नेतृत्वकै कारणले प्रयास असफल भइको दाबी गरे।

२०७४ सालमा हामीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी, झण्डै बहुमत ल्याउने अवस्थामा थियो, एमाले र माओवादीको एकता भइसकेपछि झण्डै दुई तिहाइको बहुमतको अवस्थामा पुग्यो। त्यो अवस्थामा संविधान बदलिन सकिन्थ्यो। कानून जस्तो पनि बनाउन सकिन्थ्यो। राज्यको सबै संरचनामा आमूल परिवर्तन गर्न सकिन्थ्यो।

ठूला परिवर्तन गरेर जनतालाई सुखी जीवन उपलब्ध गराउन सकिन्थ्यो। विकासको नयाँ लहर ल्याउन सकिन्थ्यो उनले ओलीलाई लक्षित गर्दै भने, जब नेतृत्वमा अहंकार हावी भयो। नेतृत्वले पार्टीको सिद्धान्त, राज्यको संविधान र आफूलाई सर्वेसर्वा ठान्छ, अहंकारी बन्न पुग्छ विनम्र होइन। अहंकारी जब हुन पुग्छ त्यसपछि सबै सीमा नाध्छ, पार्टीको विधान मान्दैन, बैठक अस्वीकार गर्छ। छलफलाई वास्ता गर्र्दैन।

उनले ओलीले पार्टीको विधान, सिद्धान्त र संविधान मिचेकै कारणले अहिलेसम्म सिंगो आन्दोलनले धक्का खाइरहेको बताए। उनले अहिले पनि आफूहरुको काँधमा लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी रहेको सुनाए।


प्रतिक्रिया

One thought on “ओलीलक्षित माधव नेपालको टिप्पणी- आफूलाई सर्वेसर्वा ठान्दा ०७४ को अवसर गुमायौं (भिडिओ)

  1. ओलीको उचाइ देखेर भयभित भएको ‘पुड्को’ ( उचाइ हैन बिचारमा ) माकुने !! सबै घटना र आजको दुरावस्था को कारक माकुने !! आफुले डेरामा पालेर राखेको, अर्काको घरमा खेताला बसेको मान्छेले आफैलाई हराएर पार्टी नेता र प्रधानमन्त्री भएको सहन सकेन त्यो तुच्छ मन ले !! तुष भरिएको सानु मन सानु चित्त !! अहंकारी चाही को हो !? राजनीतिमा अयोग्य गुण !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर