प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पार्टीबीच एकता घोषणा

२०८१ वैशाख १५ गते १६:२९

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टीबीच एकता भएको छ ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा भएको समारोहमा दुई दलबीच पार्टी एकतापत्रमा हस्ताक्षर भएको हो । पार्टी एकतापछि पनि पार्टीको नाम आजपा नै रहेको छ ।
पार्टी एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको बर्बादी रोक्न क्रान्तिकारी शक्तिहरु एकजुट भएको बताए ।
उनले भने, ‘देशको अवस्था अस्तव्यस्त छ । देशको समस्यालाई महसुस गरेर समाजवादी पार्टीका साथीहरुले एकता गर्नुपर्छ भन्नुभयो । जनताको निराशा र समृद्ध देश निर्माण गर्न हामीले एकताको घोषणा गरेका छौं ।
प्रतिक्रिया
सम्बन्धित खवर