सरकार छाड्नेबारे राजेन्द्र पाण्डेको प्रतिक्रिया- अर्को घरको छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने हो (भिडिओ) – Nepal Press

सरकार छाड्नेबारे राजेन्द्र पाण्डेको प्रतिक्रिया- अर्को घरको छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने हो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले तत्काल सरकार छाड्ने सम्भावना नरहेको बताएका छन्।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बजेटको विषयमा ध्यानाकर्षण गराएर बाहिरिने क्रममा यस्तो बताएका हुन्।

उनले भने, ‘तत्काल हामीले सरकार छाड्ने सम्भावना छैन। एउटा घरको छानाबाट अर्को घरको छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने हो। त्यसैले अहिले तत्काल सम्भावना छैन।’

उनले गत वर्ष पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले जस्तै बजेट विनियोजन नहोस् भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

उनले भने, ‘गतवर्ष बजेटका सन्दर्भमा अत्यन्त अनुपयुक्त रह्यो, बजेट निर्माणमा सांसदहरूलाई छलफल गराइएन, सांसदको टाउको गनेर बजेट पास हुने अनि सांसदलाई बजेट निर्माणमा सहभागी नगराउने कुरा हुन सक्दैन भनेर हामीले बोलेका थियौँ, हामीले राखेकै कुरा सम्बोधन गरेर प्रधानमन्त्रीले आउँदो वर्षमा यो कुरामा परिवर्तन गर्छु भन्नुभएको थियो । बजेट आउने बेला भइसक्यो, जेठ १५ मा बजेट घोषणा हुन्छ, बजेट बन्न पनि थालिसक्यो । त्यसैले हिजो भनेको कुरा बिर्सिनुभएको हो की भनेर सम्झाउन आएका हौँ ।’


प्रतिक्रिया

One thought on “सरकार छाड्नेबारे राजेन्द्र पाण्डेको प्रतिक्रिया- अर्को घरको छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने हो (भिडिओ)

  1. के बोल्छ हो यो मान्छे? मुसा प्रवृति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर