कांग्रेसको टिप्पणी- सरकारको गतिविधि संसदीय इतिहासमै अनौठो नजिर (भिडिओ) – Nepal Press

कांग्रेसको टिप्पणी- सरकारको गतिविधि संसदीय इतिहासमै अनौठो नजिर (भिडिओ)

'संविधानको खिलाफमा गठबन्धन दलहरू लागे'

काठमाडौं । नेपाली कांग्रेसले विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि संसदीय इतिहासमा अनौठो नजिर स्थापित गरेको टिप्पणी गरेको छ ।

प्रतिनिधिसभाको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणमा भएका दलहरूले संविधानलाई कमजोर पार्ने क्रियाकलाप गरिरहेको आरोप लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने कुनै कारण थिएन । आजै उहाँले लिने निर्णय गर्नुभयो । विपक्ष आफ्नो कुरा राख्दै बेलमा आएको बेलामा अहिलेसम्म विश्वासको मत लिएको अवस्था छैन । यो संसदीय इतिहासमा अनौठो नजिर स्थापित गर्नुभएको छ । हामीले ल्याएको संविधानको खिलाफमा गठबन्धन दलहरू लागेका छन् ।’

उनले प्रधानमन्त्रीले संसदमा आपत्तिजनक भाषाको प्रयोग गरेको बताए । उनले सत्ता समीकरणले लोकतन्त्र र संविधानलाई खतरामा पार्ने काम भइरहेको आरोप लगाए ।


प्रतिक्रिया

2 thoughts on “कांग्रेसको टिप्पणी- सरकारको गतिविधि संसदीय इतिहासमै अनौठो नजिर (भिडिओ)

  1. प्रधानमन्त्रीले विश्वासको मत यिनीहरुले तोकेको मुहूर्तमा लिनुपर्ने गल्ती भएछ ।

  2. याे सबै विकृतीकाे जिम्वेवार नपाली काँग्रेस र एमाले हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर