ह्वाट्सएपमा एआई टुलबाट फोटो इडिट गर्न सकिने – Nepal Press

ह्वाट्सएपमा एआई टुलबाट फोटो इडिट गर्न सकिने

काठमाडौं । ह्वाट्सएपमा पनि एआईमार्फत फोटो इडित गर्न सकिने भएको छ । ह्वाट्सएपले नयाँ एआई फोटो इडिटिङ टुल ‘एआई-पावर्ड-फोटो इडिटिङ’ छिट्टै ल्याउने घोषणा गरेको हो ।

ह्वाट्सएपले ‘एन्ड्रोइड २.२४.७.१३’ को अपडेटमा एआई फोटो इडिटिङ फिचरलाई अनवेषण गर्न लगेको हो । ह्वाट्सएपका वास्तविक अपडेटहरुबारे जानकारी दिने ‘वाबिटा ईन्फो’ ले मेटाको एआई फिचरले भविषयमा थपिने अपडेटहरूबारे समेत जानकारी दिने उल्लेख गरिएको छ ।

अपडेट हुन लागेको नयाँ फिचरबाट प्रयोगकर्ताले ह्वाट्सएपबाटै फोटो इडिट गरेर पाठउन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर