गठबन्धन र सरकारमा नजाने जनमतको निर्णय, इलाम २ र बझाङ १ (१) मा उम्मेदवारी दिने – Nepal Press

गठबन्धन र सरकारमा नजाने जनमतको निर्णय, इलाम २ र बझाङ १ (१) मा उम्मेदवारी दिने

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन नदिने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालय मध्य बानेश्वरमा बसेको बैठकले सो निर्णय गरेको जनमतका प्रवक्ता डा. शरद सिंहले जानकारी दिए ।

इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) मा उम्मेदवार उठाउने पनि जनमतले निर्णय गरेको छ ।

यस्तै सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर