नयाँ सरकारमा सहभागी हुने/नहुने विषयमा जनमतमा अन्यौल – Nepal Press

नयाँ सरकारमा सहभागी हुने/नहुने विषयमा जनमतमा अन्यौल

जनकपुरधाम । नयाँ सरकारमा सहभागी हुने/नहुने विषयमा जनमत पार्टीमा अन्यौल देखिएको छ ।

नयाँ गठबन्धन बन्ने चर्चा चलेपछि जनमतका अध्यक्ष डा. सीके राउतले पनि दौडधुप बढाए । आज बिहानै नेकपा एमालेको सचिवालय बैठक भइरहेकै बेला अध्यक्ष डा. राउत बालकोट पुगेका थिए ।

अध्यक्ष डा. राउतको दौडधुपले जनमत नयाँ सरकारमा सहभागी हुने सम्भावना छ । तर सो पार्टीका सचिव बीपी साहले सरकारमा सहभागी हुने/नहुनेबारे अहिले केहि भन्न नसकिने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘अहिले भर्खर पार्टी कार्यालय पुग्दैछु । बैठक बस्दैछ । सरकारमा जाने/नजाने निर्णय बैठकबाटै निर्णय हुन्छ ।’

पुरानो सत्ता गठबन्धनमा जनमत पार्टी सहभागी रहेपनि मधेश प्रदेश सरकारबाट बाहिएको छ । मधेशको मुख्यमन्त्री पाउनुपर्ने जनमतको अडान छ ।

पार्टी सचिव साहले भने, ‘प्रदेश नेतृत्वबारे पनि कुरा छ, त्यस विषयमा पनि बैठकमा छलफल हुन्छ । हेरौं के हुन्छ ?’

नयाँ सरकारमा सहभागी हुन जनमतले प्रदेशको मुख्यमन्त्रीमा दावी गर्ने बुझिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर