सीके राउतको आक्रोश- गौर न*रसम्हार मच्चाउने सरकारमा छन्, कारवाही गर्ने ल्याकत छ ? – Nepal Press

सीके राउतको आक्रोश- गौर न*रसम्हार मच्चाउने सरकारमा छन्, कारवाही गर्ने ल्याकत छ ?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपेन्द्र यादवतर्फ लक्षित गर्दै गौर हत्याकाण्डमा मुछिएका सहभागी सरकारमा आफ्नो समर्थन हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवमाथि कारवाही गर्ने सरकारसँग ल्याकत छ ? भन्दै आक्रोश पोखे ।

उनले भने, ‘तपाईंहरूलाई गौर नरसम्हारबारे थाहा छैन होला मैले प्रतिवेदन प्रिन्ट गरेर ल्याइदिएको छु । त्यहाँ बलात्कार गरेर ज्यूँदै जलाएर गोप्य अंगमा भाला रोपेर २७ जनाको निर्मम हत्या गरिएको थियो । तीनैसँग कुम जोडेर बस्नुभएको छ आज उहाँमाथि कारवाही गर्ने तपाईँहरूको ल्याकत छ ? रोप्नेसँग कुम जोडेर बस्नेलाई विश्वासको मत दिन सक्दैनौं, राउतले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर