मतदान केन्द्र अगाडि एक्जिट पोल गर्न राेक, प्रहरीद्वारा सामाग्री जफत – Nepal Press

मतदान केन्द्र अगाडि एक्जिट पोल गर्न राेक, प्रहरीद्वारा सामाग्री जफत

विराटनगर । एक्जिट पोलको नाममा मतदान केन्द्र नजिकै अर्को मतदान गराएको पाइएपछि प्रहरीले एक्जिट पोल गराउने सामाग्री जफत गरेको छ । जबकी मतदानपछि मतदान केन्द्रबाहिर एक्जिट पोल गर्न दिने विश्वव्यापी प्रचलन नेपालमा पनि यसअघि निर्वाधरुपमा हुने गथ्र्यो ।

इलाम बजारमा रहेको महेन्द्ररत्न क्याम्पस केन्द्रबाट एक्जिट पोल गराउन राखिएको सामाग्री प्रहरीले बरामद गरेको हो ।

क्याम्पसकै होस्टेलमा छात्राहरूले निर्वाचनका विषयमा एक्जिट पोल गराएकोमा प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरूले मतदान गरेर फर्किएकाहरूलाई कसलाई भोट दिनुभयो भनी नमूना संकलन गरेका थिए ।

मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । तर ती छात्राहरुले भने नक्कली वा नमूना मतपत्र प्रयोग गरेको आरोप गलत भएकौ भन्दै एक्जिट पोलको संवैधानिक अधिकार खोसिएको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *