सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्‍याे एक क्विन्टल गाँजा – Nepal Press

सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्‍याे एक क्विन्टल गाँजा

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्ज , बोर्डर आउट पोस्ट साहेबगञ्ज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राति सुनसरी बर्जु गाउँपालिका-४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले छोपी लुकाई छिपाई बेवारिसे अबस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो ।

सो ठाउँमा गाँजा लुकाइ छिपाइ तस्करी गर्न राखिएको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र पनि स-साना प्याकेट बनाइ राखिएको गाँजा फेला परेको थियो । बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर