पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा पर्वतारोहरण अनुगमन तथा सहजीकरण समिति गठन – Nepal Press

पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा पर्वतारोहरण अनुगमन तथा सहजीकरण समिति गठन

काठमाडौं । पर्यटन विभागका महानिर्देशकको नेतृत्वमा पर्वतारोहण नुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्र) गठन गरेको छ ।

विभागका महानिर्देशक चक्रबहादुर बुढाको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव अनिल किराँती, विभागका निर्देशक रोकश गुरुगं, नेपाली सेनाका सहसेनानी अदित्या कार्की, पर्यटन प्रहरीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० नरेन्द्र कुँवर सदस्य रहेका छन् ।

यस्तै समितिको सदस्यमा हिमालय उद्दार संघ नेपालका अध्यक्ष डम्बर पराजुली, एसपीसीसी बेसक्याम्प इन्चार्ज छिरिंग तेन्जिंग शेर्पा, सगरमाथा आरोही संघका कार्यकारी सदस्य मिग्माग्याम्बु शेर्पा, ईएओका प्रतिनिधि दावास्टेवन शेर्पा सदस्य रहेका छन् भने नापी विभागका उपसचिव खिमलाल गौतम सदस्य सचिव रहेका छन् ।

सन् २०२४ को बसन्त ऋतुमा खुम्बु क्षेत्रमा रहेका हिमालमा हुने पर्वतारोहण तथा सम्पर्क अधिकृतको खटनपटन लगायत अन्य सबै गतिविधिको नियमन तथा सहजिकरण गर्नका लागि समिति गठन गरिएको विभागका प्रवक्ता कालिबहादुर भुजेलले जानकारी दिए ।

उनका अनुसार विभागले सन् २०२४ बसन्त ऋतुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा मन्त्रालय अन्तरगत निकायबाट ४८ जनालाई सम्पर्क अधिकृतमा खटाएको छ भने अन्य मन्त्रालय वा निकायबाट २९ जना सम्पर्क अधिकृत खटाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *