एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जसपामा प्रस्ताव – Nepal Press

एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जसपामा प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाउपर छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

उनका अनुसार बैठक दिनको ४ बजे पार्टी कार्यालयमा बस्नेछ ।

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको थियो।

निर्देशिकाले जसपाको करिब १ लाख ४६ हजार सङ्गठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर