संसदमा सिके राउतको कटाक्ष : बरु एलिना चौहानको गीत बजाएको भए हुन्थ्यो (भिडिओ) – Nepal Press

संसदमा सिके राउतको कटाक्ष : बरु एलिना चौहानको गीत बजाएको भए हुन्थ्यो (भिडिओ)

काठमाडौं । सरकारलाई विश्वासको मत माग्न आयोजित प्रतिनिधिसभाको बैठक जारी बैठकमा नेताहरू एकअर्काविरुद्ध तीव्र घोचपेच र आलोचना गरिरहेका छन् ।

कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाज संज्ञा दिने र सत्तारुढ नेताहरूले बचाउने गर्ने क्रम चलिरहेको छ ।

यही क्रममा एक नेताले भने अहिलेकी चर्चित गायिका एलिना चौहानलाई सम्झिन पुगे । उनी हुन् जनमत पार्टीका अध्यक्ष डा। सिके राउत । धोकेबाजको प्रसंग आइरहँदा उनले एलिनाको गीत सम्झिएका हुन् ।

नेताहरूको लामो भाषणले पट्यार लागेको भन्दै उनले घण्टौँसम्म बोल्नुभन्दा पनि एलिना चौहानको गीत गाउँदा छोटो हुने सुझाव दिए ।

उनले भने, ‘मत दिने कि नदिने विषयमा छलफल भयो । सोही क्रममा हामीले सबै दलका कुराहरू पनि सुन्यौँ । त्यो घण्टौँसम्म सुन्दा खेरी लाग्यो कि त्योभन्दा बरु एलिना चौहानको गीत गाइदिँदा छोटो हुन्थ्यो कि जस्तो लाग्थ्यो मलाई । लामो फेहरिस्त दिनै पर्दैनथ्यो ।’

समय समयमा गठबन्धन बन्ने र भत्किने भए पनि त्यसबाट जनतालाई केही लाभ नभएको उनले बताए । अब नेताहरूले निर्वाचनमा गठबन्धन गर्नु कतिको घातक हुन्छ भन्ने कुरा बुझ्नुपर्ने उल्लेख गर्दै उनले जनताका समस्या समाधानतर्फ ध्यान दिन पनि आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर