इलाममा नेकपा एसको कन्तबिजोग, करिब ७ हजार मत गन्दा तीन वडामा शून्य – Nepal Press

इलाममा नेकपा एसको कन्तबिजोग, करिब ७ हजार मत गन्दा तीन वडामा शून्य

हालसम्म इलाम २ का १९ उम्मेद्वार कसले कति भाेट ल्याए ?

इलाम । इलाम क्षेत्र नम्बर २ को उपचुनावमा नेकपा एसको तीन वडामा शून्य मत आएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार इलामको फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, ३ र ५ मा नेकपा एसको शून्य मत आएको छ ।

वडा नम्बर २ र ४ मा भने समान ६ मत आएको छ । नेकपा एस भन्दा राप्रपा अगाडि देखिएको छ । राप्रपाले भने कुनै वडामा सून्य मत ल्याएको छैन ।

वडा नम्बर १,२,३,४ र ५ मा क्रमशः ४, २, ३, ५ र ८ मत रामप्रपाको आएको छ । प्रतिनिधिसभा उपनिर्वाचनमा इलाम २ बाट नेकपा एसको कलम चुनाव चिन्हका उमेद्वार जितबहादुर राई हुन् भने राप्रपाको हलोका उमेद्वार लक्ष्मी गुरुङ छन् ।

हालसम्म ६ हजार ९६६ मतगणना भइसकेकाे छ । जसमा एमालेले ३२४९ मतसहित लिड गरिरहँदा नेपाली कांग्रेसले २४६९ मत ल्याएकाे छ ।

कसले कति ल्याए ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर