नौ महिनामा २८ अर्ब बढीको दूरसञ्चार पार्ट्स र उपकरण भित्रिए – Nepal Press

नौ महिनामा २८ अर्ब बढीको दूरसञ्चार पार्ट्स र उपकरण भित्रिए

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा २८ अर्ब ३० करोड रुपैयाँ बढीको टेलिकम्युनिकेसन पाट्र्स तथा उपकरणहरु आयात भएका छन् ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म २८ अर्ब ३० करोड २० लाख रुपैयाँ बराबरको दूरसञ्चार पार्ट्स र उपकरणहरु आयात भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले देखाएको हो ।

अघिल्ले चालू आर्थिक वर्ष २०७९/८० को नौ महिनामा २७ अर्ब ६६ करोड ३० लाख रुपैयाँ बराबरको दूरसञ्चार पार्ट्स र उपकरणहरू आयत भएका थिए ।

नेपालमा दूरसञ्चार पार्ट्स र उपकरण सबैभन्दा बढी चीनबाट हुने गर्दछन् । नौं महिनामा चीनबाट १९ अर्ब ९६ करोड २० लाख बराबरको दूरसञ्चार उपकरणहरु आयात भएको छ । जुन कुल दूरसञ्चार पार्ट्स र उपकरण आयातकोे करिब ७० प्रतिशत हुन जान्छ ।

त्यस्तै, भारतबाट ७ अर्ब १८ करोड ९० लाख बराबरका दूरसञ्चार पार्ट्स र उपकरण भित्रिएका छन् भने भारत र चीन बाहेकका अन्य राष्ट्रहरुबाट १ अर्ब १५ करोड रुपैयाँ बराबरको दूरसञ्चार पार्ट्स र उपकरणहरु आयात भएका छन् ।

गत चालू आर्थिक वर्षभरी कूल ३६ अर्ब ४० करोड २० लाख रुपैयाँ बराबरको दूरसञ्चार पार्ट्स र उपकरणहरू आयात गरिएको थियो । त्यसअघिको चालू आर्थिक वर्ष २०७८/७९ मा भने, सबैभन्दा बढी ५३ अर्ब ७१ करोड ७० लाख रुपैयाँको दूरसञ्चार पार्ट्स र उपकरणहरू नेपाल भित्रिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर