शिव श्री हाइड्रोपावर २२ करोडभन्दा बढी नोक्सानीमा – Nepal Press

शिव श्री हाइड्रोपावर २२ करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । चालूआर्थिक वर्षमा शिव श्री हाइड्रोपावर लिमिटेडले २२ करोड रुपैयाँ भन्दा बढी नोक्सानी व्यहोर्नु परेको छ ।

गत वर्ष २३ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष २२ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ छ ।

कम्पनीले चालू आर्थिक वर्षको ९ महिनासम्म २९ करोड ३३ लाख रुपैयाँभन्दा बढी विद्युत् विक्री आम्दानी गरेको छ । गत वर्षको ९ महिनामा भएको आम्दानीको तुलनामा यस वर्ष कम्पनीले यो आम्दानी बढाएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले २६ करोड ८० लाख रुपैयाँभन्दा बढी विद्युत् विक्री आम्दानी गरेको थियो ।

जगेडा कोष रकम भने १ अर्ब १० करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।

दीर्घकालीन कर्जा ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने २१ करोड ६५ लाख रुपैयाँभन्दा बढी मात्र छ ।

वार्षिक २० रुपैयाँ २ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २५ रुपैयाँ ३९ पैसा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर