गुरुङ समाज जापानको प्रथम अधिवेशनबाट युवराज गुरुङ अध्यक्ष निर्वाचित – Nepal Press

गुरुङ समाज जापानको प्रथम अधिवेशनबाट युवराज गुरुङ अध्यक्ष निर्वाचित

काठमाडौं । गुरुङ समाज जापानको प्रथम अधिवेशनबाट युवराज गुरुङको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

टोकियाेमा आइतबार सम्पन्न अधिवेशनबाट समाजको उपाध्यक्षमा चन्द्र गुरुङ, प्रकाश केके गुरुङ र आशिष गुरुङ निर्वाचित चयन भए भने महासचिवमा मोती गुरुङ, सचिवमा पदम गुरुङ, कोषाध्यक्षमा राम गुरुङ र सहकोषाध्यक्षमा कुमार गुरुङ सर्वसम्मत भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा कौशल गुरुङ, प्रीती गुरुङ, जमुना गुरुङ, जेबी गुरुङ, याम गुरुङ, आशिष गुरुङ, सोमन गुरुङ, महादेव गुरुङ, आशिष गुरुङ, विष्णुमाया गुरुङ, दीपक घले, जगदीश गुरुङ, टुम गुरुङ, आष्मा गुरुङ, प्रेम गुरुङ, सुमन घले र जगदीश गुरुङलाई निर्वाचित भएका छन् ।

अधिवेशनको प्रमुख अतिथिमा नेपालबाट तमु ह्युल छोंज र्धी गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय निवर्तमान अध्यक्ष तथा संरक्षक परिषदका अध्यक्ष रेशम गुरुङ र वर्तमान सह-महासचिव मानेज गुरुङ विशेष अतिथि रहेका थिए ।

अधिवेशनमा एनआरएनए जापानका अध्यक्ष नबीन निउरेले जापानबासी नेपालीले शुभकामना दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर