नेपालले पहिला फिल्डिङ गर्दै, अनिल र कमललाई मौका – Nepal Press

नेपालले पहिला फिल्डिङ गर्दै, अनिल र कमललाई मौका

काठमाडौं । वेस्ट इन्डिजको ‘ए’ सँगको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रीकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले वैशाख १६ मा दोस्रो, १९ मा, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल खेल्नेछ ।

नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो । वेष्ट इण्डिज ‘ए ले अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ । टोलीमा ३ जनाबाहेक सबैसँग सिनियर टोलीबाट खेलेको अनुभव छ ।

नेपालले पहिलो खेलमा अनिलकुमार शाह र कमल ऐरीले अवसर पाएका छन् । भने करण केसी, सोमपाल कामी, आसिफ शेख र सन्दीप जोरा बेन्चमा छन् ।

नेपाली टीमः

कुशल भुर्तेल, अनिलकुमार शाह, विवेक यादव, कुशल मल्ल, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, कमलसिंह ऐरी, ललित राजवंशी, अभिनाव बोहरा र प्रतिश जिसी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर