मेसेन्जरमा ब्लक नगरी भिडियो तथा अडियो कल नलाग्ने कसरी बनाउने ? – Nepal Press

मेसेन्जरमा ब्लक नगरी भिडियो तथा अडियो कल नलाग्ने कसरी बनाउने ?

काठमाडौं । मेसेन्जरमा भिडियो तथा अडियो कल कसरी गर्ने सबैलाई थाहाँ नै हुन्छ । तर, भिडियो तथा अडियो कल बन्द कसरी गर्ने भन्ने विषय थहाँ नहुन सक्छ ।

अधिकांश प्रयोगकर्तालाई मेसेन्जरमा साथि भएका अथवा जोडिएका सबैले एक अर्कालाई भिडियो तथा अडियो कल गर्न पाउँछन् र मिल्छ भन्ने लाग्छ । तर, साथी अथवा जोडिएका व्यक्तिले गर्ने भिडियो तथा अडियो कललाई बन्द अर्थात कल नलाग्ने पनि बनाउन सकिन्छ । यो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ ।

सामान्यतया कसैको भिडियो तथा अडियो कल बन्द गर्नका लागि ब्लक नै गर्छौ । तर, यसो गर्दा म्यासेज पनि गर्न मिल्दैन र ब्लक गरेको व्यक्तिलाई ब्लक गरेको थाहा हुन्छ ।

मेसेन्जरमा कुनै  व्यक्तिको भिडियो तथा अडियो कल आउँछ भने त्यसलाई बन्द गर्न मिल्छ । अर्थात अर्को भाषामा भन्दा कुनै व्यक्तिले कल गरेको मन पर्दैन भने उक्त व्यक्तिको अडियो तथा भिडियो कल नै नलाग्ने बनाउन सकिन्छ । र म्यासेज पनि गर्न सकिन्छ । यसका लागि ब्लक नै गर्नुपर्ने आवश्यकता हुँदैन ।

ब्लक नगरी कसरी गर्ने भिडियो तथा अडियो कल बन्द ?

मेसेन्जरमा भिडियो तथा अडियो कल बन्द गर्नलाई सबैभन्दा पहिलो कसलाई अथवा कसको कल बन्द गर्नुपर्ने हो त्यसलाई खोज्नुपर्ने हुन्छ ।

मेसेन्जरमा जुन प्रयोगकर्ताको कल बन्द गर्नुपर्ने हो त्यसको च्याट बक्समा जानुपर्ने हुन्छ ।

च्याट बक्सको माथि रहेका प्रोफाइल फोटो, भिडियो/अडियो कल अप्सनको छेवैमा रहेको ‘इन्फोमिसन आईकन’ अर्थात आई लेखिएको अप्सनमा जानुपर्ने हुन्छ ।

उक्त आइकनभित्र जाँदा विभिन्न अप्सनहरुमा तल हेर्दै जाँदा ‘नोटिफिकेशन एण्ड साउन्ड’ अप्सन हुन्छ । ‘नोटिफिकेशन एण्ड साउन्ड’ उप्सनमा जाँदा मेसेन्जर, रिएक्सन्स कल्स रहेका हुन्छन् ।

उक्त अप्सनहरुमा ‘कल्स’ अप्सनलाई अफ अर्थात बन्द गर्दा अडियो तथा भिडियो कल आउँदैन । त्यहाँ रहेका मेसेज, रिएक्सन्सलाई अफ गर्दा मेसेज आएको नोटिफिकेशन आउँदैन ।

यसरी गरेको भिडियो तथा अडियो कल बन्द अरुलाई थाहा हुँदैन । जसलाई तपाईंले कलमा बन्द गर्नुभएको छ उसले तपाइलाई कल गर्दा कल कनेक्ट नै हुँदैन । उक्त व्यक्तिलाई आफलाईन भएजस्तै देखाउँछ । तर तपाईंलाई कुनै नोटिफिकेशन आउँदैन । जतिबेला उक्त अफ गरेको अप्सनलाई पुन चालु गर्नुभयो भने मिसकल आएको मात्रै देखाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर