नेपालमा स्थापना भयो एआईसम्बन्धी काम गर्ने कम्पनी ‘आइसब्रकर’ – Nepal Press

नेपालमा स्थापना भयो एआईसम्बन्धी काम गर्ने कम्पनी ‘आइसब्रकर’

काठमाडौं । नेपालमा पहिलो भर्टली ग्रुप्सले एआईसम्बन्धी काम गर्ने ‘आइसब्रकर’ कम्पनी स्थापना गरेको छ ।

ललितपुरको सानेपामा आर्टिफिसियल इन्टिलिजेन्सी (एआई)सम्बन्धी काम गर्ने आइसब्रकर (आईबी) कम्पनीको उद्घाटन गरिएको हो । कम्पनीले डिजिटल युगमा एआईसँग मानिसको कामलाई जोड्ने र सहजीकरण गर्ने बताइएकाे छ ।

आइसब्रकर आर्टिफिसियल इन्टिलिजेन्सी (एआई)बाट समाजले पाउनसक्ने सुविधा र सहजीकरणमा काम गर्ने उद्देश्यका साथ स्थापना गरिएको कम्पनीका चिफ भिजनरी अफिर तथा फाउन्डर पीके बेनेटले बताए । आइसब्रेक वर्षैांदेखि काम गरिरहेको ड्रिम प्रोजेक्ट रहेको उनले बताए ।

फाउन्डर बेनेटले भने, ‘आइसब्रकरमा हामीले वर्षैां काम गरेका थियौं र अहिले यो पूरा भएको छ । यस एआईसम्बन्धी काम गर्ने कम्पनी नेपालमा स्थापना गर्नुको मुख्य उद्देश्य यहाँको जनशक्ति र युवाहरुको लगन हो । नेपालीहरुमा इमानदारिता रहेको छ । नेपालीहरुसँग काम गर्दा हामीले आफ्नो लक्ष्य प्राप्त गर्नेमा विश्वस्त छौं ।’

त्यस्तै कम्पनीकी सीईओ डार्नी हेरिसले भर्चुअल कुराकानीमार्फत कम्पनी उद्घाटनको शुभकामना व्यक्त गरिन् । डार्नीले आफ्नो कम्पनीमा महिलाहरुलाई उच्च प्राथमिकता दिइएको उल्लेख गरिन् ।

आइसब्रकर एआईसम्बन्धी खोज तथा अनुसन्धान गर्ने माध्यमका रुपमा रहेको नेपालका लागि आइसब्रेकका कन्ट्री म्यानेजर राहुल पराजुलीले बताए ।

पराजुलीले भने, ‘यस कम्पनीले मानिहरुसँग एआईले कसरी काम गर्नसक्छ र मानिसको जीवनशैलीमा परिवर्तन कसरी ल्याउन सकिन्छ भन्नेमा काम गर्छ । साथै कम्पनीका विभिन्न सफ्टवेयर पनि बनाउने काम हुन्छ । विभिन्न राष्ट्रहरुमा हामीले सेवाहरु दिने गर्छौं । यो नेपालमा पहिलो सुरुवात हो र यसले नेपालीहरुलाई राम्रो स्थान दिनेछ ।’

पराजुलीका अनुसार एक महिना लगाएर आइसब्रकर कम्पनी नेपालमा स्थापना गरिएको हो । सुरुमा २० जना कर्मचारीसहित उद्घाटन भएको छ । ४० जना थप कर्मचारी भर्ती हुने चरणमा रहेको उनले बताए । भविषयमा २०० जनाको टीम बनाएर काम गरिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर