अब मोबाइल नम्बरबिनै ह्वाट्सएप चलाउन सकिने ! – Nepal Press

अब मोबाइल नम्बरबिनै ह्वाट्सएप चलाउन सकिने !

काठमाडौं । अब मोबाइल नम्बरबिनै ह्वाट्सएप चलाउन सकिने फिचर अपडेट हुन लागेको छ ।

ह्वाट्सएपका रियाल टाइम अपडेटबारे जानकारीको सूचना केन्द्रका रुपमा रहेको ‘वाबिटा इन्फो’ ले बिना मोबाइल नम्बर पनि ह्वाट्सएप चलाउन सकिने फिचर अपडेट हुन लानेको जनाएको हो ।

वाबिटाका अनुुसार ह्वाट्सएपको नयाँ अपेडट भर्सन ‘आइओएस २४.३.१०.७२’ मा मोबाइल नम्बरबिना प्रयोगकर्ताले ह्वाटसएप चलाउन सक्ने फिचर थप्न लागेको हो ।

ह्वाट्सएपको नयाँ अपडेटमा प्रयोगकर्ताले ‘युजरनेम’ अर्थात नामबाटै ह्वाट्सएप चलाउन सक्नेछन् । यस अपडेटले मोबाइल नम्बर प्रयोगलाई घटाउने ‘वाबिटा इन्फो’ ले उल्लेख गरेको छ ।

‘आईओएस २३.२०.१.७१’ भर्सनलाई अपडेट गर्दा सुरक्षित र प्रयोगकर्तालाई प्राईभेसीसहित ह्वाट्सएपको सेवा दिन सकिने वाबिटाको भनाइ छ । ह्वाट्सएपको नयाँ अपडेट परीक्षणको क्रममा रहेको छ । युजर नेमबाटै ह्वाट्सएप चलाउन सकिने फिचरमा काम भइरहेको र छिट्टै सञ्चालनमा आउने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर