सिभिल अस्पतालमा २६ दिनदेखि स्वास्थ्यकर्मीको आन्दोलन, प्रशासनिक भवनमा ताला – Nepal Press

सिभिल अस्पतालमा २६ दिनदेखि स्वास्थ्यकर्मीको आन्दोलन, प्रशासनिक भवनमा ताला

काठमाडौं । मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीले २६ दिनदेखि आन्दोलन गरिरहेका छन् । त्यहाँ करारमा कार्यरत् स्वास्थ्यकर्मी र कर्मचारीले आज प्रशासनिक भवनमा तालाबन्दीसमेत गरे ।

आन्दोलनकारीले अस्पतालको विनियमावली सम्पूर्ण कर्मचारीको हकहित सुनिश्चित गर्नका लागि संशोधन गर्नुपर्ने, डिमोसन स्वीकार्य नहुने, उपदानको व्यवस्था गर्नुपर्ने, सम्मानजनक सेवाको निरन्तरता हुनुपर्नेलगायतका माग राखेका छन् । कार्यकारी निर्देशकका साथै आर्थिक तथा प्रशासन विभाग प्रमुखको कार्यकक्षमा ताला लगाउन खोज्दा सुरक्षाकर्मीले रोकेका थिए ।

त्यसपछि उनीहरूले अस्पतालको प्रशासनिक भवनमा नै तालाबन्दी गरेका छन् । करार कर्मचारी हित संघर्ष समितिले विनियमावली निर्माण गर्दा निजामती कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरूलाई सहभागी गराउनुपर्ने, विगत लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरूलाई पूर्ववत सेवा र सुविधाको निरन्तरता कायम गर्नुपर्ने, स्थायी प्रक्रियामा जाने व्यवस्था गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको छ ।

कर्मचारीहरूको वृत्ति विकासमा न्यायपूर्ण समानता र पेशागत सुरक्षा कायम गर्न पनि उनीहरूको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर