धनकुटाको निगालेमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत भेटिए – Nepal Press

धनकुटाको निगालेमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत भेटिए

विराटनगर । धनकुटा नगरपालिका वडा नम्बर १ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

निगालेका स्थानीय टिकाराम गुरुङको परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ल प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।

‘बुवा, आमा र छोरा मृत भेटिएका छन्’, प्रहरीले भन्यो ‘के भएर यस्तो भयो अनुसन्धान भई रहेको छ ।’

संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेका लाल श्रेष्ठको खाली घरमा बस्दै आएको थियो ।

ज्याला मजदुरी गर्दै आएका टिकारामको परिवारमा चार जना थिए । ६ वर्षीय छोरी आशिका बाहेक सबै जना मृत भेटिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर