इजरायलबाट फर्कियो नेवानीको जहाज, विमानस्थलमा भावविह्वल आफन्त (तस्बिरहरू/भिडिओ) – Nepal Press

इजरायलबाट फर्कियो नेवानीको जहाज, विमानस्थलमा भावविह्वल आफन्त (तस्बिरहरू/भिडिओ)

काठमाडौं । इजरायलबाट २५४ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौं फर्किएको छ । बेन गुरियन विमानस्थलबाट हिजो अपरान्ह उडेको जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्तको आँशुमा हर्षको आँसु देखिएको थियो । परिवारजनहरू भावविव्हल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका देखिन्थे ।

हिजो बिहान साढे २ बजे नेवानीको जहाज इजरायलका लागि उडेको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको जहाज इजरायलमा जोखिममा रहेका नेपालीको उद्धारका लागि पठाइएको थियो । वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।

हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने ल्याइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर